युनियन हाइड्रोको आईपिओ बाँडफांड आज, १ लाख बढी कित्ता अन्डरराइटर्सले किन्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 11:12:01 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावरले निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले आज दिउँसो २:३० बजे क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा शेयर बाँडफांड गर्न लागेको हो  । 

कम्पनीको आईपिओमा यस अघि माग भन्दा बढीको आवेदन परेको भनिए पनि आवेदक भेरिफाई गर्ने क्रममा माग भन्दा कम शेयरको लागि आवेदन परेको क्यापिटलले जनाएको छ  । कम्पनीले माग गरे भन्दा कम कित्ताको लागि आवेदन परेकोले सबै योग्य आवेदकले माग गरे बमोजिम कै शेयर पाउने छन्  । 

क्यापिटलका अनुसार करिब १ लाख २० हजार कित्ताको लागि आवेदन परेको छैन  । अब यी शेयर अन्डरराइटरस हरुले सर्कार्नु पर्ने छ  । आईपिओको प्रत्याभूति लक्ष्मी क्यापिटल र प्रभु क्यापिटलले गरेका थिए  । यस हिसाबमा अब लक्ष्मी क्यापिटलले करिब ८१ हजार ९ सय कित्ता र प्रभु क्यापिटलले करिब ३८ हजार कित्ता शेयर खरिद गर्नु पर्ने छ  । 

कम्पनीले चैत्र १३ गते देखि सर्वसाधारणको लागि शेयर निष्काशन गरेको थियो। 

कम्पनीले लमजुङको मिदिम खोलामा ३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी १ बर्ष देखि ब्यापारिक उत्पादन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved