यसरी भयो रसुवागढी र सान्जेंनको आईपिओ बाँडफांड, २२ हजार बढीको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 03:27:10 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिहिबार दिउँसो ३ बजे उर्जा मन्त्रालयमा दुवै कम्पनीको आईपिओ एक साथ बाँडफांड भएको हो ।  दुवै कम्पनीले जनताको जलविद्युत योजना अन्तर्गत बैशाख ६ गते आईपिओ निष्काशन गरेका थिए ।  

 रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो।  यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन । 

रसुवागढीको आईपिओमा तीन लाख दुई हजार ३ सय ४३ आवेदकले आवेदन दिएका थिए। जस मध्ये ११ हजार ७१ आवेदकको  आवेदन रद्द भएको छ ।  योग्य रहेका बाँकि दुई लाख ९१ हजार २ सय ७२ आवेदक सबैले शेयर पाएका छन् ।  

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४० कित्तासम्मको लागि आवेदन दिने सबैले माग गरे अनुसार कै शेयर पाएका छन्  । अर्थात् १० कित्ताको लागि आवेदन दिनेले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने २० कित्ता , ३० कित्ताको लागि आवेदन दिनेले ३० कित्ता नै र ४० कित्ताको लागि आवेदन दिनेले ४० कित्ता शेयर पाएका छन्  । ५० कित्ता वा त्यस भन्दा बढीको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर थप १० कित्ता शेयर दिईएको क्यापिटलले जनाएको छ  । यस हिसाबमा २५ हजार ६ सय ९३ जनाले ५० कित्ता शेयर पाएका छन   । त्यस्तै ५० देखि ५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन् । थप १ कित्ता बाँडफांड गर्दा यस अघि थप १० कित्ता पाउने लाई समाबेश गरिएको छैन  । 

त्यस्तै  सान्जेंन जलविद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार  कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।  बाँकि रहेको ४९ लाख ८२ हजार  २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

सान्जेंनको आईपिओमा तीन लाख ५ सय ९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए। जस मध्ये ११ हजार सात सय आवेदकको आठ लाख ७३ हजार ५ सय १० कित्ता आवेदन रद्द भएको छ। बाँकी रहेका दुई लाख ८८ हजार ८९७ योग्य आवेदक सबैले शेयर पाएका छन्   ।

सान्जेंनमा सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् भने २० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने मध्येबाट दुई लाख नौ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले शेयर पाएका छन् ।   

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुनेछ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved