गुराँस लघुवित्तको आईपिओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 09:25:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओमा २३ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिन बेलुका ७ बजेसम्ममा कम्पनीको आईपिओमा ३ लाख २ हजार ४ सय ८८ आवेदकबाट ५५ लाख ६९ हजार २ सय ५० कित्ताको लागि आवेदन परेको छ । यो कुल माग भन्दा २३.८३ गुणा बढी हो ।

कम्पनीले बैशाख १६ गतेदेखि  प्रति कित्ता १०० रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता आइपीओ  निष्काशन गरेको हो । जस मध्ये ३ हजार ८७५ कित्ता कर्मचारीको लागि र १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।  बाँकी रहेको २ लाख ३३ हजार ६ सय २५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन । 

 लघुवित्तको जारि पुंजी ७ करोड ७५ लाख र चुक्ता पुंजी ५ करोड २५ लाख छ। सर्वसाधारणलाई आइपीओं निष्काशन पश्चात चुक्ता पुंजी ७ करोड ७५ लाख पुग्नेछ। लघुवित्त २०७३ सालमा स्थापना भई प्रदेश १ मा केन्द्रित रहेर त्यहाँका १० जिल्लामा २२ वटा शाखा मार्फत ११ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ६९ लाख ७ हजार खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved