इन्फिनिटी लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 02:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 इन्फिनिटी लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले बैशाख २३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो  । कम्पनीले माघ २९ आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

अब कम्पनीले  ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको आईपोले ग्रेड ४ को रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।  यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउछ।  

कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।  यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो ।   

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved