गुराँस लघुवित्तको आईपिओ बाँडफांड हुदै, कतिले पाउछन् शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 08:10:42 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्तले निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहिबार बिहान १० बजे क्यापिटलको कार्यालयमा शेयर बाँडफांड गर्न लागेको हो  ।

कम्पनीले बैशाख १६ गतेदेखि  प्रति कित्ता १०० रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता आइपीओ  निष्काशन गरेको हो । जस मध्ये ३ हजार ८७५ कित्ता कर्मचारीको लागि र १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।  बाँकी रहेको २ लाख ३३ हजार ६ सय २५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन । आईपिओमा २३ गुणा बढीको आवेदन परेको छ ।  आईपिओमा करिब ३ लाख २ हजार ४ सय ८८ आवेदकबाट ५५ लाख ६९ हजार २ सय ५० कित्ताको लागि आवेदन परेको छ । यो कुल माग भन्दा २३.८३ गुणा बढी हो । 

माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट २३ हजार ३ सय ६२ जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा पौने ३ लाख बढी आवेदक हात खाली हुने छन् । 

 लघुवित्तको जारि पुंजी ७ करोड ७५ लाख र चुक्ता पुंजी ५ करोड २५ लाख छ। सर्वसाधारणलाई आइपीओं निष्काशन पश्चात चुक्ता पुंजी ७ करोड ७५ लाख पुग्नेछ। लघुवित्त २०७३ सालमा स्थापना भई प्रदेश १ मा केन्द्रित रहेर त्यहाँका १० जिल्लामा २२ वटा शाखा मार्फत ११ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved