शुक्रबार एक साथ २ लघुवित्तको आईपिओ निष्काशन हुदै, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 08:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

भोली बैशाख २७ गते शुक्रबार एक साथ २ वटा लघुवित्त कम्पनीले आईपिओ निष्काशन गर्ने भएका छन् ।  जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तले एक साथ आईपिओ निष्काशन गर्ने भएका हुन् । 

जनसेवीले ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गर्ने छ । जस मध्ये २३ हजार क सय ६५ कित्ता सामुहिक लगानी कोषको लागि र ७ हजार १ सय ४५ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।  बाँकि रहेको ४ लाख ३२ हजार ९ सय ९० कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

लघुवित्तले ग्रेड ४ को रेटिंग पाएको छ  ।  इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो  ।  यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको बुझाउछ  ।  शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।  

त्यस्तै स्वाभिमान लघुवित्तले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  । बाँकि रहेको १ लाख ८५ हजार ५ सय ८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।  कम्पनीले शेयर निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।   रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी  ४ करोड २० लाख रुपैयाँ छ । 

दुवै कम्पनीको आईपिओमा आवेदन दिने बैशाख ३१ गते अन्तिम दिन रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved