Announcement IPO Result



बिजपाटी सम्बाददाता     May 09, 2019 | 03:49:12 PM



shivam cement

हिमाल दोलखा हाइड्रोपावरले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख २५ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

अब कम्पनीले  सर्वसाधारणका लागि प्रति कित्ता १ सयका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ बिक्रि गर्ने छ । जस मध्ये १६ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयलाई र बाँकि ६२ करोड बराबरको शेयर सर्वसाधारणलाई बिक्रि हुने छ । कम्पनीले शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।  

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंग नेपालले बैशाख २५ गते म्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ। 

माई खोला आयोजना संचालन भईसकेको छ भने माई साना क्यास्केड आयोजना एक महिना भित्र संचालनमा आउने तयारीमा छ। दुवै आयोजनाको प्रति मेगावाट मुल्य १६ करोड हुने जनाइएको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7