२ वटा लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 08:16:29 AM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज बैशाख ३१ गते अन्तिम दिन रहेको छ । बैशाख २७ गते देखि आईपिओ निष्काशन गरेका जनसेवी लघुवित्त र स्वाभिमान माइक्रोफाइनान्समा आवेदन दिने आज अन्तिम दिन हो  । दुवै कम्पनीको आईपिओमा माग भन्दा बढीको आवेदन परिसकेको छ  ।

जनसेवी लघुवित्तले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्ममा ११ गुणा बढीको आवेदन परेको छ ।  बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार तेस्रो दिन सम्ममा आईपिओमा २ लाख ७९ हजार १ सय ४९ आवेदकबाट ५० लाख १४ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो कुल माग भन्दा ११.५८ गुणा बढी हो । 

जनसेवीले बैशाख २७ गतेदेखि ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये २३ हजार क सय ६५ कित्ता सामुहिक लगानी कोषको लागि र ७ हजार १ सय ४५ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।  बाँकि रहेको ४ लाख ३२ हजार ९ सय ९० कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । यस  कम्पनीको आईपिओ गोलाप्रथाबाट ४३ हजार २ सय ९९ जनाले मात्र भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन । 

लघुवित्तले ग्रेड ४ को रेटिंग पाएको छ  ।  इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो  ।  यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको बुझाउछ  ।  

जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।  

त्यस्तै बैशाख २७ देखि नै आईपिओ निष्काशन गरेको स्वाभिमान लघुवित्तको आईपिओमा २६ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका सोमबार बेलुका ५ बाजसम्ममा कम्पनीको आईपिओमा २ लाख ७२ हजार ३ सय ७१ आदकबाट ४९ लाख ८५ हजार ५ सय ८० कित्ताको लागि आवेदन परेको हो ।  यो कुल माग भन्दा २६.८६ गुणा बढी हो ।  

स्वाभिमान लघुवित्तले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  । बाँकि रहेको १ लाख ८५ हजार ५ सय ८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम हजार कित्ताको लागि आवेदन दिन सकिने छ  । यस  कम्पनीको आईपिओ गोलाप्रथाबाट १८ हजार ५ सय ७८ जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन ।   रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी  ४ करोड २० लाख रुपैयाँ छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved