इन्फिनिटी लघुवित्तले जेठ १३ गतेदेखि आईपिओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले सर्वसाधारणलाई ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्ने लागेको हो । जस मध्ये कम्पनीको कर्मचारीलाई १० हजार ३ सय ७० कित्ता र सामुहिक लगनी कोषको लागि ३३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले जेठ १६ सम्म कम्पनीको आईपिओमा आवेदन दिन सक्ने छन् । सम्पूर्ण सी आश्वा सदस्य तथा मेरो शेयर अनलाइनबाट पनि आईपिओमा आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।
कम्पनीको आईपोले ग्रेड ४ को रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंङ दिएको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउछ।
यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो । हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।