जनसेवी लघुवित्तको आईपिओ बाँडफांड, ६ सय ७७ को आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 03:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जनसेवी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सोमबार दिउँसो क्यापिटलको कार्यालय नक्सालमा शेयर बाँडफांड गरेको हो   ।  

आईपिओमा ३ लाख ३४ हजार ८ सय ७४ जनाले आवेदन दिएका थिए ।   जस मध्ये ६ सय ७७ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका ३ लाख ३४ हजार १ सय ९७ योग्य आबेदक मध्ये गोलाप्रथाबाट ४३ हजार २ सय ९९ आबेदकले समान १० कित्ताको दरले शेयर पाएका छन्।

जनसेवीले बैशाख २७ गतेदेखि ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये २३ हजार १ सय  ६५ कित्ता सामुहिक लगानी कोषको लागि र ७ हजार १ सय ४५ कित्ता कर्मचारीको लागि छुट्याइएको थियो ।  बाँकि रहेको ४ लाख ३२ हजार ९ सय ९० कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन् ।  

जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।   कम्पनीले कालिका लघुवित्तसंग मर्जरमा जाने सम्झौता समेत गरिसकेको छ । 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डट कममा प्रकाशित हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved