७ लाख ७५ हजार कित्ता आईपिओ सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 11:59:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सोमबार ७ लाख कित्ता बढी आईपिओ सुचिकृत भएको छ  । नेप्सेमा गुराँस लघुवित्तको ७ लाख ७५ हजार कित्ता आईपिओ सुचिकृत भएको हो  ।

कम्पनीले बैशाख १६ गतेदेखि  प्रति कित्ता १०० रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता आइपीओ  निष्काशन गरेको थियो । 

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको कारोबार सुरु हुनेछ।  नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । 

आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ७ करोड ७५ लाख पुगेको छ। लघुवित्त २०७३ सालमा स्थापना भई प्रदेश १ मा केन्द्रित रहेर त्यहाँका १० जिल्लामा २२ वटा शाखा मार्फत ११ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved