इन्फिनिटी लघुवित्तको आईपिओमा दोस्रो दिनसम्ममा कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 03:21:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 इन्फिनिटी लघुवित्तले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ५ गुणा बढीको आवेदन परेको छ ।  कम्पनी सोमबारदेखि सर्वसाधारणलाई  ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कम्पनीको कर्मचारीलाई १० हजार ३ सय ७० कित्ता र सामुहिक लगनी कोषको लागि ३३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आईपिओमा दोस्रो दिन बेलुका ५:१५ बजेसम्ममा १ लाख ७३ हजार ५ सय ३१ आवेदकले ३६ लाख ७१ हजार ५ सय ८०  कित्ताको लागि आवेदन दिएका छन्  । यो कम्पनीले माग गरे भन्दा  ५.८२ गुणा बढी हो ।  

लगानीकर्ताले जेठ १६ सम्म कम्पनीको आईपिओमा आवेदन दिन सक्ने छन् । सम्पूर्ण सी आश्वा सदस्य तथा मेरो शेयर अनलाइनबाट पनि आईपिओमा आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।  

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३३ सय ७० कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् । तर आईपिओमा माग भन्दा बढी आवेदन परिसकेको र गोलाप्रथाबाट १० कित्ता शेयर मात्र पाईने भएकोले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उपयुक्त हुने हैन ।   

कम्पनीको आईपोले ग्रेड ४ को रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।  यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउछ।  

यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो । हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved