बुधबार बिदा परेपछि के हुन्छ इन्फिनिटी लघुवित्तको आईपिओ बाँडफांड कार्यक्रम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 09:19:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सार्वजनिक विदा परे पनि इन्फिनिटी लघुवित्तको आईपिओ पुर्व निर्धारित कार्यक्रम अनुसार नै बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटलले बिदा भए पनि बुधबार बिहान १० बजे नै आईपिओ बाँडफांड हुने प्रष्ट पारेको हो ।  क्यापिटलले पुर्व निर्धारित कार्यक्रममा कुनै फेरबदल नहुने जानकारी गराएको हो ।  

सरकारले मंगलबार साँझ निर्णय गर्दै बुधबार ईदको अवसरमा देश भर सार्बजनिक विदा दिने निर्णय गरेको हो  । आईपिओ बाँडफांड कार्यक्रम भने सोमबार नै तय भएको थियो  । 

आईपिओमा १० गुणा बढीको आवेदन परेको छ ।  कम्पनीले सोमबारदेखि सर्वसाधारणलाई  ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कम्पनीको कर्मचारीलाई १० हजार ३ सय ७० कित्ता र सामुहिक लगनी कोषको लागि ३३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन। 

आईपिओमा अन्तिम दिन बेलुका ५:१५ बजेसम्ममा ३ लाख ३० हजार १ सय ३७ आवेदकले ६७ लाख १० हजार ८ सय ९० कित्ताको लागि आवेदन दिएका थिए  । यो कम्पनीले माग गरे भन्दा  १०.६५  गुणा बढी हो । आवेदन भेरीफाई हुँदा यो संख्या केहि तल माथि भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ गोलाप्रथा बाट ६२ हजार ९ सय ९३ ले मात्र पाउने छन् । यस हिसाबमा २ लाख ६७ हजार बढी आवेदक हात खाली हुने सम्भावना छ ।

 यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो । हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved