हिमाल दोलखाको आईपिओ भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 06:25:46 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावरले निष्काशन गरेको आईपिओ भर्ने म्याद थप भएको छ । कम्पनीले जेठ १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीको शेयर निष्काशन गरेको हो   । स्थानीयकको लागि आईपिओ भर्ने म्याद छिटोमा आज जेठ २८ गतेसम्म कायम गरिएकोमा अब म्याद थप गरी असार ११ सम्म शेयरमा आवेदन दिन सकिने भएको हो । 

कम्पनीले स्थानीयको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको हो  । यस निष्काशनमा आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका ९ र १०, माई नगरपालिका वडा नम्बर ९ तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयले आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले  न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । 

 कम्पनीले  सर्वसाधारणका लागि प्रति कित्ता १ सयका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति पाएको हो । जस मध्ये १६ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयलाई र बाँकि ६२ करोड बराबरको शेयर सर्वसाधारणलाई बिक्रि हुने भएको हो  । कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।  

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंग नेपालले बैशाख २५ गते कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved