२ वटा लघुवित्तले पाए आईपिओ निष्काशनको अनुमति, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 03:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले २ वटा लघुवित्त कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले घोडाघोडी लघुवित्त र आंधीखोला लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाए संगै दुवै लघुवित्तले आईपिओ निष्काशनको प्रक्रिया अगाडी बढाउने छन्  । 


घोडाघोडी लघुवित्त :

घोडाघोडी लघुवित्तले अब १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै चैत्र १७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो  ।

३ करोड भन्दा कमको आईपिओ निष्काशन गर्न लागेकोले कम्पनीले आईपिओको रेटिंग भने गर्नु पर्दैन ।

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 


आँधिखोला लघुवित्त 

अब कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि एनआईबीएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले बैशाख ३ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो  । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा कमजोर रहेको देखाउछ ।  आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी  १० करोड हुनेछ । कम्पनीको  अधिकृत पूँजी १५ करोड रहेको छ ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि  कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved