पुनर्बीमा कम्पनीको डेढ अर्बको आईपिओले पायो ग्रेड २ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 07:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओले ग्रेड २ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड २ को रेटिंङ प्रदान गरेको हो  । रेटिंग कम्पनीले  ग्रेड १ देखि ५ सम्माम ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।  

कम्पनीले एक अर्ब  साठी करोड बराबरको आईपिओ निष्काशन गर्न लागेको हो  ।  कम्पनीले प्रति शेयर १०० अकित दरका  एक करोड साठी लाख कित्ता साधारण शेयरहरु  निष्काशन गर्ने भएको हो । सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  

हाल नेपाल  पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी  १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४०  करोड  रहेको छ  । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब  पुग्नेछ ।              

सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल पौष ४ गते बिमा समितिबाट  पुनर्बीमाको इजाजतपत्र प्राप्त  पाएको थियो। कम्पनीले आर्थिक बर्ष २०७४÷७५ को अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved