हिमाल दोलखाले सर्वसाधारणको लागि असार २५ देखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 08:10:00 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि असार २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि  २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् ।  आईपिओमा छिटोमा असार २९ गतेसम्म तर त्यो समयसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको  लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ । आवेदन नपरेको शेयर सर्वसाधारणलाई बिक्रि गरिन लागिएको हो । 

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंग नेपालले बैशाख २५ गते कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved