घोडीघोडा लघुवित्तको आईपिओ बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 06:18:50 AM मा प्रकाशित

laxmi  sunrise bank

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आज असार २० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् 

शेयर निष्काशनको प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले सम्पूर्ण सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था मार्फत र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्तासम्म आवेदन दिन सकिने छ । तर लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पाइने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु अनुपयुक्त हुन्छ । 

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved