घोडीघोडा लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 06:09:28 AM मा प्रकाशित

laxmi  sunrise bank

घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ । घोडीघोडा लघुवित्तले असार २० गते देखि  १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा ३० गुणा बढीको आवेदन परेको छ । आवेदन दिने तेस्रो दिन सोमबार बेलुका ५ः३० सम्ममा कम्पनीको आईपिओमा २ लाख १८ हजार १ सय २२ आवेदकबाट ३८ लाख २४ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यो माग भन्दा ३०.६९ गुणा बढी हो ।  खुलेको ३७ मिनेट मै कम्पनीको आईपिओ पुरै बिक्रि भएको थियो । 

लगानीकर्ताले सम्पूर्ण सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था मार्फत र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्तासम्म आवेदन दिन सकिने छ । तर लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन परिसकेको र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पाइने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु अनुपयुक्त हुन्छ । 

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved