साढे २ लाख बढीले आँधीखोला लघुवित्तको आईपिओ नपाउने, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 07:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओमा १४ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिन बेलुकासम्ममा आईपिओमा ३ लाख ८ हजार ४ सय ५ आवेदकबाट ५४ लाख ५७ हजार २ सय ४० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । यो माग भन्दा १४.५५ गुणा बढी हो । आवेदन भेरिफाई हुने क्रम कै रहेकोले यो संख्या केहो तल माथि हुन् सक्ने छ । 

लघुवित्तले आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। 

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाउने छन् ।  बाँकि २ लाख ७० हजार आवेदक भने हात खाली हुने छन ।

हाल आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी  १० करोड हुनेछ । कम्पनीको  अधिकृत पूँजी १५ करोड रहेको छ ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि  कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved