घोडीघोडा लघुवित्तको आईपिओ शुक्रबार बाँडफांड हुने, पौने ३ लाख आवेदक हात खाली !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 03:39:44 PM मा प्रकाशित

laxmi  sunrise bank

घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार बिहान ९:३० बजे क्यापिटलको कार्यालय कमलादीमा आईपिओ बाँडफांड गर्न लागेको हो । 

घोडीघोडा लघुवित्तले असार २० गते देखि आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

आईपिओमा झन्डै ४० गुणा बढीको आवेदन परेको छ ।  आईपिओमा २ लाख ८६ हजारको आवेदक शेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ।  लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन परेकोले गोलाप्रथाबाट १२ हजार ४ सय ५९ जनाले मात्र  १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा करिब पौने ३ लाख आवेदन हात खाली हुने छन् । 

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved