घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओ आज शुक्रबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार बिहान ९:३० बजे क्यापिटलको कार्यालय कमलादीमा आईपिओ बाँडफांड गर्न लागेको हो ।
घोडीघोडा लघुवित्तले असार २० गते देखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।
कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ ।