तपाईलाई घोडीघोडा लघुवित्तको आईपिओ पर्यो कि परेन ? बिजपाटीमा हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 08:52:30 AM मा प्रकाशित

laxmi  sunrise bank

घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार बिहान क्यापिटलको कार्यालय कमलादीमा आईपिओ बाँडफांड गरेको हो । 

आईपिओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन दिएकोमा ४९०  जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका २ लाख ८५ हजार ५ सय ६५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट  १२ हजार ४ सय ५९ जनाले मात्र  १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ७३ हजार ५ सय ९६ आवेदक हात खाली भएका छन् । 



घोडीघोडा लघुवित्तले असार २० गते देखि आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

आईपिओको नतिजा केही समयपछि बिजपाटी डटकममा प्रकाशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा घोडीघोडा लघुवित्त छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे नपरेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।   

 कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र सुर्खेत गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved