हिमाल दोलखाको आईपिओ भर्ने म्याद थपियो, संस्थाले पनि आवेदन दिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 06:35:22 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावरले निष्काशन गरेको आईपिओ भर्ने म्याद थप भएको छ ।   कम्पनीले असार २५ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीको आईपिओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिने उल्लेख भएकोमा पर्याप्त आवेदन नपरेकोले म्याद थप गरिएको हो । अब लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सकने छन् भने संस्थाहरुलाई पनि आवेदन गर्न पाउने छन् ।

कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको  ।  जस मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि  २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ताको लागि सर्वसाधारण र संस्लेथाहरु आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् ।  आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको  लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ । आवेदन नपरेको शेयर सर्वसाधारणलाई बिक्रि गरिन लागिएको हो । 

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंग नेपालले बैशाख २५ गते कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved