आँधीखोला लघुवित्तको आईपिओ बाँडफांड, २ लाख ६३ हजार हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 08:45:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गरेको हो । 

आईपिओमा ३ लाख ९ सय ९२ आवेदकबाट ५२ लाख ५० हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ सय ७९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेको ३ लाख ४ सय १३ योग्य आवेदक मध्ये गोलाप्रथाबाट  ३७ हजार ५ सय जनाले समान १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ६३ हजार ४ सय २२ आवेदक हातखाली भएका छन् । 



कम्पनीले गत आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुने छ ।

 हाल आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी  १० करोड हुनेछ । कम्पनीको  अधिकृत पूँजी १५ करोड रहेको छ ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि  कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved