आईपिओ निष्काशन गर्न लागेको हिमालयन हाइड्रोले पायो कमजोर रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 11:53:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको हिमालयन हाइड्रोले कमजोर रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ ।  रेटिंग कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।  

हिमालयन हाइड्रो पावर  २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ता शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ । शेयर निष्काशनको लागि कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved