सबैको लघुवित्तले आज साउन १ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गर्न गरेको हो । जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार १३ कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।
आईपिओ निष्काशन गर्न लागेको सबैको लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको दर्शाउछ । तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको हो।