२ घण्टा पनि नबित्दै बिक्यो सबैको लघुवित्तको आईपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 10:31:15 AM मा प्रकाशित

laxmi  sunrise bank

खुलेको २ घण्टा पनि नबित्दै सबैको लघुवित्तको आईपिओ बिक्रि भएको छ । आज साउन १ गते १० बजेबाट आईपिओ बिक्रि खुला गरिएकोमा १२ बज्नु भन्दा केहि समय अगाडी पुरै आईपिओ बिक्रि भएको सिडिएससीले जनाएको छ । सिडीएससीले संचालनमा ल्याएको मेरोशेयर मार्फत अनलाइनबाट नै आईपिओ भर्न मिल्ने भएपछि खुलेको केहि समय मै आईपिओ पुरै बिक्रि हुन् थालेको हो ।

कम्पनीले  ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गर्न गरेको हो । जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको  लागि आवेदन दिन सक्ने छन्  ।  लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन्  । कम्पनीको शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  नेपाल धितोपत्र बोर्डले असार १३ कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।   

लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको दर्शाउछ । तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved