सबैको लघुवित्तको आईपिओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 03:55:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तको आईपिओमा ६ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आवेदन दिने दोस्रो दिन बिहिबार बेलुका ५:२० सम्ममा १ लाख ८३ हजार २ सय ७१ आवेदकबाट ३१ लाख ८३ हजार ५० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ६.४२ गुणा बढी हो 

कम्पनीले साउन १ गते  देखि ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गर्न गरेको हो । जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ खुलेको २ घण्टा पनि नबित्दै पुरै बिक्रि भएको थियो । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको  लागि आवेदन दिन सक्ने छन्  ।  लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन्  । कम्पनीको शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  नेपाल धितोपत्र बोर्डले असार १३ कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।   

लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको दर्शाउछ । तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved