बिजपाटी सम्बाददाता     Jul 21, 2019 | 09:18:59 AM



सबैको लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १ गते  देखि ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गर्न गरेको हो । जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ खुलेको २ घण्टा पनि नबित्दै पुरै बिक्रि भएको थियो । 


 लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको  लागि आवेदन दिन सक्ने छन्  । कम्पनीको शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  नेपाल धितोपत्र बोर्डले असार १३ कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।   

लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको दर्शाउछ । तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको हो। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7