सबैको लघुवित्तको आईपिओ बाँडफांड 'अन्योलमा', आश्वा सदस्यको बदमासीले लगानीकर्ता मारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2019 | 03:04:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांडमा अन्योलता देखिएको छ । कम्पनीले साउन १ गते  देखि ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । तर साउन १ गतेदेखि नै केहि सीआश्वा सदस्यले लाईसेन्स नवीकरण गरेका थिएनन् ।  नयाँ आर्थिक बर्ष सुरु भएपछि सीआश्वा अनुमतिपत्र नवीकरण गर्नु पर्ने हुन्छ ।  

सदस्यता नवीकरण नभएका आश्वा सदस्यबाट आएको आवेदन के गर्ने भन्ने बिषयमा अन्योलता देखिएको हो । धितोपत्र बोर्डको निर्देशनपछि अधिकांशले सदस्यता नवीकरण गराएका थिए । तर अझै पनि केहिले सदस्यता नवीकरण गराएका छैनन् । अझै पनि नवीकरण नगरेका  र लगानीकर्ताले आवेदन दिंदाका बखत सदस्यता नवीकरण गराएका आश्वा सदस्य मार्फत आएका आवेदनलाई योग्य मान्ने र अयोग्य मान्ने भन्ने बिषयमा टुंगो नलागेको हो । 

सिडीएससी स्रोतका अनुसार नवीकरण नगराएका आश्वा सदस्यले लगानीकर्ताबाट आवेदन लिएको भए पनि उनीहरुले खाताबाट रकम रोक्का गरेका छैनन । सदस्यता नवीकरण नगराएसम्म उनीहरुलाई सिस्टमले रकम रोक्का गर्न नै दिदैंन ।  रकम रोक्का नभएसम्म आवेदन योग्य मानिंदैन ।  यस हिसाबमा ठुलो संख्यामा आवेदन रद्द हुन् सक्ने सम्भावना बढेको छ । 

आवेदन दिने अन्तिम दिने अर्थात साउन ५ गतेसम्म पनि नवीकरण गरेकाहरु मार्फत आएको आवेदनलाई योग्य मान्ने संकेत धितोपत्र बोर्डले गरेको छ । अर्थात् यदि कुनै लगानीकर्ताले नवीकरण नगराएका सदस्यबाट साउन १ गते आवेदन दिएको भए, र त्यस संस्थाले साउन ५ गतेसम्म नवीकरण गरेको भए, साउन ५ गते आवेदन आएको हिसाबमा त्यसलाई योग्य मान्न सकिने धितोपत्र बोर्ड स्रोतले जनाएको हो । यद्यपि यसको निर्णय भने भईसकेको छैन । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल र सिडीएस स्वयं पनि बोर्डबाट औपचारिक निर्देशन कुरेर बसेका छन् । 

यस हिसाबमा साउन ५ गतेसम्म नवीकरण गराएका संस्थाबाट आएको आवेदनमा समस्या देखिदैन । तर हालसम्म पनि नवीकरण नगरेकोले तिनीहरुबाट आएको आवेदनलाई के गर्ने भन्नेबारे बोर्ड, सिडीएस र बिक्रि प्रबन्धक अन्योलमा छन् ।  

लगानीकर्ताको खाताबाट रकम रोक्का नभएसम्म अवएदनालाई योग्य मान्न नसकिने भएकोले यो समस्या समाधान नभएसम्म शेयर बाँडफांड नहुने निश्चित छ । बिक्रि प्रबन्धक एनआईबिएलले शुक्रबार अगाडी बाँडफांडको सम्भावना नरहेको जनाएको छ । 

सीआश्वा सदस्यले आफ्नो सदस्यता नवीकरण नगर्दा लगानीकर्ता मारमा पर्ने भएका हुन् ।

कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको हो। जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीको आईपीओ खुलेको २ घण्टा पनि नबित्दै पुरै बिक्रि भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved