सबैको लघुवित्तको आईपिओ शुक्रबार बाँडफांड हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 04:33:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले निष्काशन गरेको आईपिओ शुक्रबार बिहान बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार बिहान १० बजे शेयर बाँडफांड हुने जानकारी दिएको हो । 

कम्पनीले साउन १ गते आईपिओ निष्काशन गरेको थियो । तर साउन १ गतेदेखि नै केहि सीआश्वा सदस्यले लाईसेन्स नवीकरण गरेका थिएनन् ।  सदस्यता नवीकरण नभएका आश्वा सदस्यबाट आएको आवेदन के गर्ने भन्ने बिषयमा अन्योलता देखिंदा बाँडफांड ढिलाई भएको हो । नवीकरण नगरेका सीआश्वा सदस्यले सदस्यता नवीकरण गरेपछि सबै आवेदनलाई योग्य मान्ने गरि शेयर बाँडफांड हुन् लागेको हो ।

कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको हो। जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीको आईपीओ खुलेको २ घण्टा पनि नबित्दै पुरै बिक्रि भएको थियो । 

 आईपीओमा ३ लाख ३ हजार २०८ आवेदनबाट ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको ५६ लाख ८९ हजार ८३० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ। गोलाप्रथाबाट ४९ हजार ५ सय २५ जनाले समान १० कित्ता शेयर पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved