सबैको लघुवित्तको आईपिओ बाँडफांड, ४ सय ५४ जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 08:30:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो । 

कम्पनीले साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको हो। जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आईपिओमा कुल ३ लाख २ हजार १  सय ९२ जनाले आवेदन दिएकोमा ४ सय ५४ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  योग्य रहेका  ३ लाख १ हजार ७ सय ३८ मध्ये गोलाप्रथाबाट ४९ हजार ५ सय २५ जनाले गोलाप्रथाबाट समान १०  कित्ता दरले शेयर पाएका छन् । 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुने छ ।



कम्पनीले तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved