युनाईटेड इदी मर्दीले माग्यो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 11:49:19 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावरले आईपिओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै साउन १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बिद्युत नियम आयोगबाट कम्पनीले यस अघि नै शेयर निष्काशनको अनुमति पाईसकेको छ । 

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको अवस्था कमजोर देखाऊछ ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।   

 कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved