आकर्षक योजना देखाउन हिमाल दोलखाको पत्रकार सम्मेलन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 04, 2019 | 11:02:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणलाई आईपिओ निष्काशन गरि रहेको हिमाल दोलखा हाइड्रोपावरले आकर्षक योजना देखाउन पत्रकार सम्मेलन गरेको छ। कम्पनीले शुक्रबार नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा पत्रकार सम्मलेन गरेर आफ्नो १९ प्रतिशत लगानी आकर्षक योजनामा रहेको जनाएको हो ।

कम्पनीले आफ्नो १९ प्रतिशत लगानी संखुवासभामा रहेको ९७.२ मेगावाटको केबिएनआर इशुवा खोलामा रहेको जानकारी दिएको हो । कम्पनीका अनुसार यो आयोजना प्रति मेगावाट १० करोड लागत मै बन्न लागेको हो । सुखायामको ६ महिनामा पनि यसबाट पूर्ण क्षमतामा बिद्युत उत्पादन हुने भएको र प्रति मेगावाट १०.५५ रुपैयाँमा पिपिए भएकोले यो जलाशययुक्त योजना जस्तै भएको कम्पनीले जनाएको हो ।

विद्युत विकास विभागको तथ्यांक अनुसार यो आयोजना अझै सर्भे कै क्रममा रहेको छ । कम्पनीले उत्पादन अनुमति भने पाईसकेको छैन । पत्रकार सम्मलेनमा कम्पनीका सीएफओ अनन्त कार्कीले आर्थिक बर्ष ७६/७७ बाट लगानीकर्तालाई लाभांश दिने दाबी समेत गरे । उनले आर्थिक बर्ष ७६/७७ लगानीकर्तालाई २० देखि २५ प्रतिशत दिन सकिने बताए ।   

कम्पनीले यो विवरणपत्र मै उल्लेख गरिएको विषय भएको र लगानीकर्तामा यसबारे जानकारी नगएकोले पत्रकार सम्मेलन आयोजना  गरिएको बताएको छ । तर नेपाल धितोपत्र बोर्डले वेबसाइटमा राखेको  कम्पनीको विवरणपत्र ९७.२ मेगावाटको इशुवा खोलाको नाम कहिँ कतै छैन। कम्पनीको विवरणपत्रमा राखिएको वासलातमा लगानी भनेर मात्र उल्लेख छ । तर कहाँ गरिएको लगानी भन्ने उल्लेख छैन ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा कम्पनीले विवरण पत्रमा उल्लेख गरिए बाहेक अन्य वस्तु वा सेवाको प्रचार प्रसार सम्बन्धी कार्य गर्न नपाइने उल्लेख छ । 

तर कम्पनीका बित्त प्रमुख सुधिर लामिछाने धितोपत्र बोर्डले यो कुरा विवरणपत्र नलेख्न भनेको दाबी गर्छन । उनले भने ‘ यस बारे धितोपत्र बोर्डलाई थाहा छ, बोर्डले एउटा लिमिटेड कम्पनीको लगानी अर्को लिमिटेड कम्पनीमा भएकाले यो विषय नराख्न भनेको हो’ ।

साथै कम्पनीको विवरणपत्रमा र रेटिंङ  प्रतिवेदनमा फरक कुरा उल्लेख गरिएको छ  । कम्पनीको आईपिओ रेटिंङ केयर रेटिंङ्स नेपालले गरेको थियो । जसमा कम्पनीले ग्रेड ४ को रेटिंङ पाएको थियो । क्रेडिट रेटिंङ एजेन्सीले तयार पारेको प्रतिवेदनमा हिमाल दोलखाले आईपिओबाट उठाएको रकमबाट केहि हिस्सा इशुवा खोलामा लगानी गर्ने उल्लेख छ  तर यो कुरा पनि विवरण पत्रमा छैन ।

हेर्नुस रेटिंङ  रिपोर्ट:



 धितोपत्र बोर्डले सार्वजनिक गरेको विवरण पत्रमा भने आईपिओबाट उठेको सबै बैंकको ऋण तिर्न प्रयोग गरिने उल्लेख छ ।   

हेर्नुस विवरणपत्रमा उल्लेख भएको पुँजीको उपयोग योजना :  

 


साथै रेटिंङ रिपोर्टमा इशुवा खोला संचालनमा नआएसम्म हिमाल दोलखाले प्रतिफल नपाउने स्पस्ट रुपमा लेखिएको छ

कम्पनीले विवरणपात्रमा आफ्नो २ वटा आयोजना मात्र उल्लेख गरेर इशुवा खोलाको लगानी स्पष्ट रुपमा नराखेको हो । धितोपत्र सम्बन्धि कानुन मै कम्पनीको सम्पूर्ण लगानीको विवरण प्रष्ट रुपमा खुल्नु पर्ने उल्लेख छ ।

 कम्पनीको २ योजना भने संचालनमा आईसकेका छन् । कम्पनीको ४,५ मेगावाट माई खोला आयोजना ६७ माघ देखि र त्यस्कै क्यासकेड आयोजनाको रुपमा रहेको ८ मेगावाटको माई खोलाले २०७४ बात उत्पादन सुरु गरेको हो तर रेटिङ रिपोर्टमा कम्पनीले यी दुई आयोजना पूर्ण क्षमतामा चलाउन नसकेको उल्लेख छ

कम्पनीको पत्रकार सम्मलेनमा शेयर प्रत्याभूतकर्ताहरुको पनि सहभगिता थियो । कम्पनीको आईपिओको लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले गरेका छन्

कम्पनीले गत असार २५ गतेदेखि सर्वसाधारणलाई   ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो    जस मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि  २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ताको लागि सर्वसाधारण र संस्थाहरुले आवेदन दिन सक्ने छन् ।  आईपिओ आवेदन दिनको लागि साउन २४ गते अन्तिम दिन तोकिएको छ । यो समाचार  तयार पार्दासम्म आईपिओमा कुल ६७ हजार ९ सय ३० आवेदकबाट २९ लाख १९ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved