हिमाल दोलखाको आईपिओ बाँडफांड, कसले कति पाए ? (नतिजासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 04:37:07 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बेलुका ४ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।

कम्पनीले असार २५ देखि ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको  थियो ।  यसमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि  २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणले आवेदन दिएका हुन  । 

क्यापिटलका अनुसार आईपिओमा  ७२ हजार २ सय ५५ आवेदकले ३० लाख ९३ हजार २ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । निष्काशन गरिए भन्दा कम शेयरको लागि आवेदन परेकोले सबै आवेदकले माग बमोजिम कै शेयर पाएका छन् ।

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकशित भएको छ ।  नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा हिमाल दोलखा छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर  परेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने केहि कारणले शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  

बिक्रि नभएको ४५ लाख ५३ हजार ९ सय ६० कित्ता शेयर भने अन्डरराईटरहरुले किन्ने छन् ।कम्पनीको शेयरको  लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए ।  अब यी कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि शेयर खरिद गर्नु पर्ने भएको छ । 

कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले,   २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए ।   यहि प्रतिशतको आधारमा अब यी ४ क्यापिटलले बिक्रि नभएको शेयर किन्नु पर्ने हुन्छ।

सर्वसाधारणबाट पर्याप्त आवेदन नपरेपछि कम्पनीले संस्थापकले आवेदन दिन पाउने गरि पुन आईपिओ बिक्रिमा ल्याएको थियो। कम्पनीले  कम्पनीका संस्थापक सेयरधनी र सञ्चालक तथा उनीहरुको एकाघर परिवार तथा कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव र कम्पनीको ब्यवस्थापक तथा लेखा सम्बन्धी काम गर्ने ब्यक्तिले आवेदन दिन सक्ने गरि पुन विक्रिमा ल्याएको थियो  । 

नबिकेको सेयर शेयर प्रत्याभूतकर्ताहरुले खरिद गर्ने प्रचलन रहेपनि हिमाल दोलखाले भने कम्पनीको प्रमोटर तथा व्यवस्थापकहरुका लागि पुन सेयर बिक्रि गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ४१ मा पनि नविकेको शेयर संस्थापक लगानीकर्ताको एकाघार परिवार र व्यवस्थापकहरुले किन्न पाउने ब्यवस्था रहेको छ। तर संस्थापकलाई तोकेको ३ दिनको अवधिमा १ जनाको पनि आवेदन नपरेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो। 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको  ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ ।  यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved