बिजपाटी सम्बाददाता     Aug 25, 2019 | 09:52:24 AM



sunrisebank

आईपिओ निष्काशन गर्न लागेको  एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ग्रेड ४ को रेटिंङ पाएको छ  ।  केयर रेटिंङ नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।   

यो कम्पनी गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित हो । कम्पनीले करिब ३४ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत असार ३१ गते १ सय रुपैयाँ अंकित मुल्यमा ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरकोे ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशनको लागि बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले जलविद्युत कम्पनीहरु लगायत ठुला विकास आयोजनामा लगानी गर्नेछ । जीवनाथ लामिछाने अध्यक्ष रहेको कम्पनीमा शेष घले, कृष्ण प्रसाद पाण्डे, बालकृष्ण गुरुङ्ग, महेश कुमार श्रेष्ठ र रामेश्वर शाह सञ्चालक रहेका छन् ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल १४.३ मेगावटको मथिल्लो मैलुङ खोला हाइड्रोपावर, २७ मेगावटको हिमालयन पावर पार्टनर, ५४ मेगावटको मध्य तमोर हाइड्रोपावर र २८.१ मेगावटको स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन जलविद्युत परियोजनाहरुमा लगानी गरेको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटलाई नियुक्त गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7