बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 09, 2019 | 01:35:12 PM



सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अनुमति दिएको छ । कम्पनीले भदौ २० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले कुल ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयको लागि र बाँकि २९ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ । शेयरको सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा मेगा क्यापीटलले गर्नेछ ।

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणा गरिरहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7