शिव श्री हाइड्रोले दशैँ अगाडी नै आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 06:20:48 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव श्री हाइड्रोपावरले असोज १६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको  ११ लाख ३६ हजार ५ सय ४० कित्ता समेत थपेर सर्वसाधारणलाई ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये २ लाख ६८ हजार ९१ कित्ता सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको छ  । 

कम्पनीको आईपिओमा छिटोमा असोज २६ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेको खण्डमा ढिलोमा कार्तिक १५ गतेसम्म आवेदन दिन सकिने छ  । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन्  ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved