मध्य भोटेकोशीको डेढ अर्बको आईपिओले पायो कमजोर रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 05:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले कमजोर रेटिंङ पाएको छ । केयर रेटिंङ नेपालले कम्पनीको आईपिओलाई ४ प्लसको रेटिंङ दिएको हो । ग्रेड ४ प्लस ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशतले हुन आउने  रु. साठ्ठी करोड  रकम बराबरको  साठ्ठी लाख  कित्ता शेयर निष्काशन गर्ने छ । त्यस्तै सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने   रु. नव्बे करोड रकम बराबरको  नव्बे लाख  कित्ता शेयर निष्काशन हुने कम्पनीले जनाएको छ । 

कम्पनीले यस अघि नै पहिलो चरणको आईपिओ निष्काशन गरिसकको छ ।  जस अनुसार कम्पनीले  कर्मचारी संचय कोषका  संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९.५ प्रतिशतले हुन आउने रु. एक अर्व सत्र करोड रकम बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३ दशमलव ५ प्रतिशतले हुन आउने रु. एक्काईस करोड रकम बराबरको एककाईस लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशतले हुन आउने रु. छ करोड रकम बराबरको  छ लाख  कित्ता शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ । 

कम्पनीको मध्य भोटेकोशीको सिन्धुपाल्चोकमा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुने प्रक्षेपण छ।आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने अनुमान छ। आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । 

चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको सिन्धुपाल्चोकको सबैभन्दा ठूलो आयोजना हो। सन २०१३ को सुरुवातमा थालेर सन २०१६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा बिभिन्न कारण म्याद थप गरि सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved