अजोड इन्स्योरेन्सले ३० करोडको आईपिओ ल्याउने, बिक्रि प्रबन्धकमा एनआईबिएल एस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 11:42:14 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्कोकाशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय अंकित दरले ३० लाख कित्ता शेयर निशाक्ष्ण गर्न लागेको हो । 

सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्झौतामा इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन ।

अजोड इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ।  सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ । 

कम्पनीको बारेमा : 

अजोड इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४÷१२÷२० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । २०७४÷१०÷२४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको र यस कम्पनीले २०७४÷०३÷२१ गतेदेखि बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved