३० प्रतिशत पनि बिकेन शिवश्री हाइड्रोको आईपिओ, २ क्यापिटलले सकार्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 03:20:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शिव श्री हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा न्यून आवेदन परेको छ  । कम्पनीले असोज १६ गतेदेखि कार्तिक १५ गतेसम्म ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये २ लाख ६८ हजार ९१ कित्ता सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको थियो  । बाँकि रहेको ३० लाख ८३ हजार ४९ कित्ताको लागि आवेदन दिएका हुन् ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा १७ हजार ८ सय ४९ आवेदकबाट ९ लाख ५ हजार १ सय ७० कित्ताको लागि मात्र आवेदन परेको छ । यो कुल निष्काशन भएको शेयरको ३० प्रतिशत भन्दा पनि कम हो । यी मध्ये आइतबार मध्यान्हसम्ममा अझै १३ सय आवेदन भेरीफाई हुन् बाँकि रहेकोले यो संख्या अझै घट्न सक्ने छ । 

अब बिक्रि नभएको २१ लाख कित्ता बढी शेयर प्रत्याभूतकर्ताले सकार्नु पर्ने भएको छ ।  आईपिओको प्रत्याभूतकर्तामा भिबोर क्यापिटल र सीबि आईएल क्यापिटल रहेका छन् । अब यी दुई क्यापिटलले बिक्रि नभएको शेयर आधा -आधा सकार्नु पर्ने भएको छ । 

कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved