ग्रिनलाइफको आईपिओ आउदै, पायो कमजोर रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 10:03:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको ग्रिनलाइफ हाइड्रोपावरले कमजोर रेटिंङ पाएको छ। केयर नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो  ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

कम्पनीले सर्वसाधारणलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अघि कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये  १६ लाख ९६ हजार ४ सय कित्ता आईपिओ बिक्री हुन सकेको थिएँन । कम्पनीले स्थानीयले खरिद नगरेको कित्ता समेत थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । 

शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत रु छ अर्ब ८८ करोड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved