हिमालयन हाइड्रोले माग्यो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 06:28:19 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रोले आईपिओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै कार्तिक २७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। 

कम्पनीले २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शेयर निष्काशनको लागि कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ  । ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ ।  रेटिंग कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।  

कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved