साधना लघुवित्तको आईपिओ आउने, बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 04:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ करोड ३० लाख बराबरको  ६ लाख ३० हजार कित्ता निष्काशन गर्ने भएको हो ।

कम्पनीले शेयर निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।  सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने हस्ताक्षर गरेका छन् । 

गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ती (एक्विजिसन) गरेको थियो । यस संगै साधना  लघुवित्त संस्थाहरुमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त समेत बनेको छ ।   हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात् जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved