बिजपाटी सम्बाददाता     Jan 14, 2020 | 03:22:23 PM


tansen

मध्यभोटेकोशी जलविद्युत कम्पनीले मध्य भोटेकोशी जलविद्युत आयोजनको आईपिओ निष्काशनको लागि प्रत्याभूतकर्ता (अण्डरराइटर) छनौट गरेको छ । कम्पनीले नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्बन्धि सम्झौता गरेको हो 

सम्झौता अनुसार नागरिक लगानी कोषले कम्पनीले निष्काशन गर्ने १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयरको अन्डरराइट गर्ने छ । यदि कम्पनीको आईपिओ पुरै नबिकेमा कोषले बिक्रि नभएको पुरै आईपिओ खरिद गर्ने छ 

कम्पनीले स्थानीयवासीका लागि १० प्रतिशतले हुन् आउने ६० लाख कित्ता र सर्बसाधारणको लागि १५ प्रतिशतले हुन् आउने ९० लाख कित्ता गरी कुल १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संच्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ  । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ  । यो कम्पनी चिलिमेको सहायक कम्पनीको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7