नेपाल पुनर्बीमा कम्पनीले अदालतबाट पुँजी घटाउनको लागि स्वीकृति पाएको छ । उच्च अदालत पाटनले कम्पनीले दिएको निवेदन अनुसार नै पुँजी घटाउन स्वीकृति दिएको हो ।
अदालतको स्वीकृतिसँगै अब कम्पनीको अधिकृत पूँजी १५ अर्ब तथा चुक्ता तथा जारी पूँजी १० अर्ब कायम रहने भएको छ। कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
अदालती प्रक्रिया सकिएसंगै कम्पनीलाई आईपिओ निष्काशनको बाटो खुला भएको छ । अदालतको आदेश नआउँदा कम्पनीको आईपिओ निष्काशन प्रक्रियामा ढिलाई भएको थियो । अब कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ। हाल कम्पनीको हाल चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेकोमा एक अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।
कम्पनीले गत भदौ मै शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिईसकेको छ । आईपिओ निष्काशनको लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।