मध्य भोटेकोशीले माग्यो डेढ अर्बको आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 05:37:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्यभोटेकोशी जलविद्युत कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गरेको छ  । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै माघ ७ गते मंगलबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले  १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले स्थानीयवासीका लागि १० प्रतिशतले हुन् आउने ६० लाख कित्ता र सर्बसाधारणको लागि १५ प्रतिशतले हुन् आउने ९० लाख कित्ता गरी कुल १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । आईपिओ निष्काशनको लागि कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता (अण्डरराइटर) छनौट गरेको छ । 

कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संच्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ  । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ  । यो कम्पनी चिलिमेको सहायक कम्पनीको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved