अजोड इन्स्योरेन्सको ३० करोडको आईपिओ आउने, ग्लोबल र कुमारीले गरे प्रत्याभूति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 05:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटल Global IME Capital Limited  र कुमारी क्यापिटलले अजोड इन्स्योरेन्सको आईपिओको प्रत्याभूति गरेका छन्  । आइतबार तीन पक्षबीच शेयर प्रत्याभूति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा  अजोड, ग्लोबल र कुमारीका प्रमुख कार्यकारी अधिकृतरु क्रमश: कुमार बहादुर खत्री, पारस मणी ढकाल र राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार इन्स्योरेन्सले निष्काशन गर्ने आईपिओको प्रत्याभूति ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले गर्ने छन् । दुवै क्यापिटलले निष्काशन हुने आईपिओको समान ५०-५० प्रतिशत प्रत्याभूति गर्ने । कम्पनीले निष्काशन गर्ने आईपिओ बिक्रि नभएमा यी दुई क्यापिटलले आधा आधा खरिद गर्ने छन् ।

इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन  गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ।  सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved