पूर्वाधार बैंकको ८ अर्बको आईपिओ निष्काशनको लागि अण्डरराइटर चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 04:00:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपिओ निष्काशन गर्नको लागि शेयर प्रत्याभूतकर्ता (अण्डरराइटर)  चयन गरेको छ । बैंकले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतकर्ताको रुपमा चयन गरेको हो ।

शेयर प्रत्याभूति सम्बन्धि सम्झौतामा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत  भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको बिक्रि नभएको आईपिओ नागरिक लगानी कोषले खरिद गर्ने छ । 

आईपिओ निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।   

बैंकले ८ अर्व बराबरको  प्रति शेयर सय रुपैयाँ अंकित  दरको आठ करोड कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । नेपाल इन्फ्रास्ट्रचर बैंक  नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हुनेछ । बैंकको अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व हुनेछ । 

मुलुक भित्र तथा मुलुक बाहिरबाट दिर्घकालिन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको  बैंकले जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी  गर्दै जाने योजना बनाएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved